दफा ८
खानेपानी तथा सरसफाइको जिम्मेवारी तथा दायित्व
: (१) खानेपानी सेवा, सरसफाइ सेवा तथा आयोजनाको अनुमतिपत्र प्रदान, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ।
(२) उपदफा (१) बमोजिमको कार्यका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको जिम्मेवारी र दायित्व देहायबमोजिम रहनेछ:-
(क) नेपाल सरकारको जिम्मेवारी र दायित्वः-
(१) खानेपानी सेवा तथा सरसफाइसँग सम्बन्धित राष्ट्रिय प्रकृतिका तोकिए बमोजिमका ठूला तथा जटिल प्रकृतिका आयोजना,
(२) सहलगानीमा निर्माण हुने तथा वैदेशिक सहायताका आयोजना,
(३) तोकिए बमोजिमको : क्षेत्रमा तोकिए बमोजिमको लागत अनुमान वा तोकिए बमोजिमको जनसङ्ख्यालाई खानेपानी तथा सरसफाइ सेवा पुन्याउने आयोजना,
(४) एकभन्दा बढी प्रदेशसँग सम्बन्धित आयोजना,
(५) तोकिए : बमोजिमका ठूलो लगानी आवश्यक पर्ने बहुउद्देश्यीय फोहोरपानी प्रशोधन तथा व्यवस्थापन गर्ने कार्य,
(६) एउटा जलाधार क्षेत्रको प्राकृतिक स्रोतको पानी अर्को जलाधार क्षेत्रमा स्थानान्तरण गर्ने आयोजना,
(७) नेपाल सरकारले तोके बमोजिमको आयोजना,
(८) खानेपानी तथा सरसफाइ आयोजनाको अनुगमन गर्ने।
(ख) प्रदेश सरकारको जिम्मेवारी र दायित्व:-
(१) तोकिए बमोजिमको क्षेत्रमा तोकिए बमोजिमको लागत अनुमान वा जनसङ्ख्यालाई खानेपानी तथा सरसफाइ सेवा पुच्याउने आयोजना, (२) फोहोरपानी व्यवस्थापन तथा प्रशोधन सम्बन्धी,
(३) प्रदेश भित्रका एकभन्दा बढी स्थानीय तहलाई प्रभाव पार्ने आयोजना।
(ग) स्थानीय तहको जिम्मेवारी र दायित्व: -
(१) स्थानीय स्तरमा आधारभूत खानेपानी तथा सरसफाइ सेवा,
(२) सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि,
(३) फोहोरपानीः व्यवस्थापन प्रणालीको सञ्चालन,
(४) तोकिए बमोजिमको क्षेत्रमा तोकिए बमोजिमको लागत अनुमान वा जनसङ्ख्यालाई खानेपानी सेवा पुच्याउने आयोजना,
(५) स्थानीय तहबाट सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाको मर्मत सम्भार र पुनस्थापना ।
(३) /उपदफा (२) को खण्ड (ख) र (ग) बमोजिमको जिम्मेवारी र दायित्व रहने विषयको कार्यान्वयन सम्बन्धित प्रदेश र स्थानीय तहको कानून बमोजिम हुनेछ ।
(&) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश र स्थानीय कानून नबने सम्मका लागि नेपाल सरकारले यस ऐन बमोजिमको काम गर्न सक्नेछ ।
(५) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि अत्यावश्यक खानेपानी तथा सरसफाइ आयोजनाको लागि बढी लागत वा विशिष्टीकृत प्राविधिक दक्षता आवश्यक पर्ने, भौगोलिक जटिलता तथा जनशक्तिका कारण आफूले सो आयोजना सम्पन्न गर्न नसक्ने भएमा आयोजना कार्यान्वयनका लागि स्थानीय तहले प्रदेश सरकार समक्ष र प्रदेश सरकारले नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ।
(६) उपदफा (५) बमोजिम स्थानीय तहबाट अनुरोध भई आएका आयोजनाहरु प्रदेश सरकारले र प्रदेश सरकारबाट अनुरोध भई आएका आयोजनाहरु नेपाल सरकारले कार्यान्वयन गर्नेछ।
(७) आफ्नो क्षेत्र भित्रको खानेपानी तथा सरसफाइको नियमन गर्ने अधिकार उपदफा (२) मा उल्लेख भए बमोजिम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई हुनेछ।